आज विश्व टेलिभिजन दिवस : नेपालमा दुई दर्जन बढी टेलिभिजन च्यानल नियमित प्रसारणमा

काठमाडौँ, ६ मंसिर । आज विश्व टेलिभिजन दिवस : सन् १९९६ को १७ डिसेम्बरमा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आज यो दिवस मनाउने गरिएको हो ।

सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ तारिखदेखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ। सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भएर रंगीन दृष्य हेर्न सकिने अवस्था आएको हो ।

सन् १९७० को दशकमा विश्वका ६० वटा देशमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेट भित्रिएको पाइन्छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले दुईदर्जन बढी टेलिभिजन च्यानलहरु नियमित प्रसारणमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति