भारत मध्यप्रदेशको केही सहरमा कर्फ्यु

काठमाडौँ, ६ मंसिर ।  भारतको मध्यप्रदेशको केही सहरमा आजदेखि रातको समयमा कर्फ्यु लाग्ने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले मध्यप्रदेश सरकारले आजदेखि लागू हुने गरी रातको समयमा केही सहरमा कर्फ्यु लगाउने घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इंदौर, भोपाल, ग्वालियर,विदिशा र रतलाम सहरमा आजदेखि लागू हुनेगरी राति १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिने मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले बताए ।

अति आवश्यक सेवामा जोडिएका मानिस र फ्याक्ट्रीका मजदुर भने राति पनि हिँड्न पाउनेछन् । अहमदाबाद सरकारले हिजोदेखि लागू हुनेगरी रातको ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेशको घोषणा गरिसकेको छ । तर नागरिकले भने कर्फ्युको विरोध गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board