भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

नयाँदिल्ली, ५ मङ्सिर । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ । शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ ।

भारतमा सङ्क्रमणमुक्त भएकहरुको दर ९३।६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार हजार ३६५ जना सङ्क्रमित भएका हुन भने कुल एक लाख ३२ हजार १६२ जनाको मृत्यु भएको छ ।

ती मध्ये ५८४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ४३ हजार ७९४ रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2020 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board