नेकपा विवाद: विष्णु पौडेल र सुवास नेम्वाङसँग प्रचण्डको छुट्टाछुटै छलफल

काठमाडौं ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङबीच शुक्रबार छलफल भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रबार दिउँसो भएको भेटमा पार्टीभित्र देखिएको विवादबारे छलफल भएको जनाईएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङसँग छलफल गरेका हुन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रचण्डले दुवै नेतासँग छुट्टाछुटै छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंसिर ३ गते बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डविरूद्ध आक्रोश भनाई राखेका थिए । प्रधानमन्त्री ओलीले प्रचण्डको जवाफी प्रतिवेदनका लागि मंसिर १३ सम्मको समय मागेका छन्। ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएपछि आगामी मंसिर १३ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board