नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सुचीमा हेर्नुहोस्)

काठमाडौं, ५ मंसिर । गृह मन्त्रालयले शुक्रबार नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । मन्त्रालयले शुक्रबार निकालेको सरुवा सूची अनुसार महानगरीय प्रहरी प्रमुखमा अशोक सिंह आएका छन् ।

श्यामलाल ज्ञवालीलाई भने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको सुचिमा उल्लेख छ । यस्तै महानगरीय प्रहरी परिसर, ललितपुरमा रहेका टेकप्रसाद राई प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य महाशाखा नक्सालमा सरुवा भएको छ । ललितपुरमा किरण बज्राचार्यको सरुवा गरिएको छ ।

महानगरीय ट्रापिक प्रहरी शाखाको प्रमुखमा एसएसपी जनक भट्टराईलाई ल्याईएको छ । यहाँ रहेका एसएसपी भीम ढकाललाई प्रहरी प्रधान कार्यालय, सामुदायिक प्रहरी महाशाखामा सरुवा गरिएको छ ।

सूची हेर्नुहोस्

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति