भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

काठमाडौँ, ५ मंसिर । भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४६ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४६ हजार १८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ४ हजार ३२५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८४ लाख २७ हजार १६ जना संक्रमणमुक्त भएका छन् ।यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५८४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार २०२ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2020 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board