२ हजार १०३ जना संक्रमित, थप १७ जनाको मृत्यु

काठमाडौं, ४ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१०३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २८५८ जना संक्रमणमुक्त भएका हुन् । १२७६ जनाको मृत्यु भएको छ भने १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । देशभर २८ हजार १०६ सक्रिय संक्रमित रहेको सरकारी तथ्यांकमा उल्लेख ।

थप १७ जनाको मृत्यु
नेपालमा कोरोना भाईरस संक्रमणका कारण बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । सरकारको तथ्याङ्कअनुसार बिहीवारसम्म नेपालमा १,२७६ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।

उपत्यकामा थप १२२९ जना संक्रमित
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ५१३ जना महिला र ७१६ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board