घरका सदस्यमा कोरोना पोजेटिभ देखिएपछि ‘सेल्फ आइसोलेशन’मा सलमान

काठमाडौं, ४ मंसिर । अभिनेता सलमानको पर्सनल ड्राइभर अशोक र घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिएको व्यक्तिहरुलाई बाम्बे हस्पिटलमा भर्ना गरिएको समाचार माध्यमले जनाएको छ । घरका तीन सदस्यमा कोरोना देखिएपछि सलमान खान र परिवारसहित १४ दिनका लागि ‘सेल्फ आइसोलेशन’मा बसेका छन् ।

सलमान र उनका पुरै परिवार सलीम खान र सलमा खानको म्यरिज एनिभल्सरी मनाउने प्रतिक्षामा थिए । अचानक घरको सदस्यामा कोरोना देखिएको कारण कार्यक्रम समेत स्थगित गरिएको छ । कामको कुरा गर्ने हो भने सलमान खान पछिल्लो समय बिग बास १४ मा ब्यस्त रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board