देशभर १४४२ जना नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ३८ जना

काठमाडौं, ३ मङ्सिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६७३१ जनामा गरिएको परीक्षणमा ९०८ पुरुष र ५३४ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् । यस्तै देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारी तथ्यांक अनुसार संक्रमितको कुल संख्या भने २ लाख १२ हजार ९१७ पुगेको छ । हाल संक्रमण निको हुने दर ८५.८ प्रतिशत रहेको छ भने सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

मृतकको संखया १२५९ पुग्यो
नेपालमा बितेको २४ घण्टामा थप १२ जनाको कोरोना भाईरस संक्रमणका कारण ज्यान गएको छ । यो मृत्यु भएको संख्यासँगै मृतकको संख्या १२५९ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

उपत्यकामा मात्रै थपिए १ हजार ३८ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका मात्रै १ हजार ३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका १६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाका जिल्लासहित विभिन्न १३ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मनाङमा मात्रै शून्य संक्रमित रहेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलालीमा ५०० भन्दा धेरै कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board