चिनियाँ राजदूतले प्रधानमन्त्रीलाई भेटेर दिइन् सी चिनफिङको किताब उपहार

काठमाडौं, ३ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद बढिरहेकै बेला छिमेकी मुलुक चीनकी राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छिन् ।

सत्तारूढ नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला राजदूत यान्छी र प्रधानमन्त्री ओलबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। त्यसो त यस अघि पनि राजदुत यान्छीले नेकपामा विवाद बढिरहेकै बेला विभिन्न शिर्ष नेताहरुसँग भेट गरेकी थिईन् ।

स्रोतका अनुसार मंगलबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न राजदूत यान्छी बालुवाटार पुगेकी थिइन्। उनीहरूबीच लामै कुराकानी भएको बताईएको छ । भेटमा राजदूत यान्छीले प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले लेखेको किताब उपहारसमेत दिएकी छिन् ।

दूतावास स्रोतका अनुसार भेटमा दुई पक्षीय हितका बारेमा कुराकानी भएको थियो र राजदूत यान्छीले राष्ट्रपति सीले लेखेको किताब प्रधानमन्त्री ओलीलाई उपहार दिएकी थिईन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board