जाडोमा खोकी लागिरहन्छ ? याद राख्नुस् यस्ता रोग लाग्न सक्छ

काठमाडौं, ३ मंसिर । पछिल्लो समय श्वासप्रश्वास सम्बन्धि रोगले धरैलाई गाँज्ने गर्छ । श्वास फुल्ने, पटक पटक खोकी लाग्ने, स्वासप्रश्वासमा समस्या हुनेजस्ता समस्या छ भने यसलाई सामान्य रुपमा लिनु हुँदैन । किनकी यो ठूला रोगका संकेत पनि हुन सक्छ ।

त्यसैले यस्ता समस्या भएमा तत्कालै स्वास्थ्य परीक्षण गरी उपचारमा लाग्न जरुरी हुन्छ । उसो त जाडो मौसममा खोकीले निकै सताउने गर्छ । यस्तो मौसममा श्वासप्रश्वाससम्बन्धि विभिन्न समस्या पनि देखिने गर्छ । यदि यसरी नियमित खोकी लागेको छ भने यी पाँच ठूला रोगको कारण पनि हुन सक्छ ।

फ्लु वा एलर्जी

विशेषगरी जाडोको सुरुवाती समयमा फ्लु वा एलर्जीको समस्याले सताउने गर्छ । यस्तो अवस्प्थामा छिन आइरहने, खोकी लाग्ने, घाँटी दुख्ने, अत्याधिक भोकलगायतका लक्षण देखिन्छन् । त्यस्तै, भाइरल इन्फेक्सनको एक कारण सुख्खा खोकी पनि हो ।

भाइरसको आक्रमण, चिसो पेय पदार्थ श्वासनलि अति सम्बेदनशील हुन्छ । यसकै कारण भाइरल संक्रमण हुने अत्याधिक सम्भावना हुने गर्छ । वातवरणिय प्रदुषण पनि एलर्जीक खोकीबाट पीडित हुनुको एउटा कारण हो । जसमा केमिकल, उद्योगिक ग्यास, धुलो(धूँवा, माटो र परागको कणले श्वासनलीमा समस्या सृजना गर्छ र खोकी लाग्ने गर्छ ।

अस्थमा

तपाईलाई स्वासप्रश्वास र छटपटीको साथसाथै खोकीको समस्यासँग पनि जुध्न परिरहेको छ भने अस्थमा रोग लागेको हुन सक्छ । यो एक गम्भीर स्वास्थ्य समस्या हो । जसले श्वासनलिलाई प्रभावित पार्ने गर्छ । यसले श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्छ ।

अस्थमाको समस्या हुँदा श्वासनलीको भित्री भित्ता सुनिएर जान्छ । र, श्वासनली निकै सम्बेदनशील भएर जाने गर्छ । यस्तो समस्याले फोक्सामो पनि हावा कम मात्रामा जोन गर्छ । यस्तो समस्या भएमा खोकी त लाग्छ नै विहान र रातको समसमाय शवासप्रश्वासमा पनि समस्या देखा पर्ने गर्छ ।

निमोनिया

निमोनिया हुदा फोक्सोमा भएको हावाको थैलीमा संक्रमण भएर जाने गर्छ र कफले भरिने गर्छ । निमोनिया जीवाणु, विषाणुको रसायनबाट हुने गर्छ । प्राय निमोनिया एक व्यक्तिबाट अर्को व्याक्तिमा भने फैलदैन । सुख्खा खोकीको साथमा कफ आउने, आउने समस्या हुन्छ । शुरुमा निमोनिया ब्रोंकाइटिसजस्तो हुन्छ ।

फोक्सोको क्यान्सर

तीन हप्ता वा त्योभन्दा बढी समय कफसहितको खोकी लागेमा हेलचक्र्याई गर्नु हुँदैन । किनकी यो फोक्सो क्यान्सरको लक्षण पनि हुन सक्छ । यसको शुरुवाती १५ प्रतिशत कारण आम हो । अत्याधिक धुम्रपान सेवनकर्ताले यसको उच्च जोखिममा हुन्छन् ।

यस्ता मानिसलाई तीन हप्ताभन्दा बढी लगातार खोकी लााग्ने, विस्तारै खोकीसँगै रगत देखा पर्न थालेमा क्यासर हुन सक्छ । यस्तो क्यान्सरको कारण विनाकारण ह्वात्तै तौल घट्ने, अत्याधिक थकानको महशुस हुने, सुत्दा दुख्नेलगायतको समस्या पनि हुने गर्छ ।

क्षयरोग अर्थात टिबी

यो संक्रमणको कारणले हुने समस्या हो । र, संक्रमण व्याक्टेरिायाको कारण हुन्छ । यस्तो व्याक्टेरिया शरिरका सबै अंगमा प्रवेश गर्छ र रोगबाट ग्रसित पार्छ । यस्तो समस्या प्रायः फोक्सोमा हुने गर्छ । यसले पनि अत्याधिक थकानको महशुस गराउने, तौल घटाउनुका साथै लामो समयसम्म खोकी लाग्ने समस्या हुन्छ । खोकीमा कफ र रगत देखिएमा त्यो क्ष्यरोगको लक्षण पनि हुन सक्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board