प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवासमा

काठमाडौं, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन्। प्रधानमन्त्री ओली आज दिउँसो बस्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि बुधबार बिहान शितल निवास पुगेका हुन्।

पछिल्लो समय नेकपाभित्रको विवाद बढेपछि राष्ट्रपति भण्डारीको सक्रियता पनि बढेको छ । हिजो राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेटेकी थिइन्। राष्ट्रपति भण्डारीले सो भेटमा सचिवालय बैठक सारेर सहमतिको प्रयास गर्न सुझाव दिएकी थिइन्।

आज दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक २ बजेलाई सारिएको छ । यसैबीच नेकपाको सचिवालय बैठक भने पूर्वनिर्धारित तालिकाअनुसार नै दिउँसो १ बजे बालुवाटारमै बस्ने भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति