कोरोनाबाट मृत्यु हुनेमा नयाँ रेकर्ड, २४ घण्टामा १० हजार ५०० जनाको मृत्यु

काठमाडौँ, ३ कात्तिक । कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ५०२ जनाको मृत्यु भएको छ। एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि कात्तिक २७ मा १० हजार ७ जनाको मृत्यु भएको थियो । एकैदिन मृतकको संख्यामा सर्वाधिक वृद्धि भएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ४२ हजार ९४२ पुगेको छ । दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार २०० जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५२ हजारभन्दा बढीको मृत्यु भएको छ ।बेलायतमा पछिल्लो २४ घण्टामा ५९८ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५२ हजार ७४५ पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभरि नै मृतकको संख्या बढ्दै गएको छ । युरोपमा भने बेलायतपछि फ्रान्समा सबैभन्दा बढीको मृत्यु भएको छ। फ्रान्समा अहिलेसम्म ४६ हजार २७३ जनाको मृत्यु भएको छ । यस्तै स्पेनमा पनि ४६ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा स्पेन तेस्रो स्थानमा छ । संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।

संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् । तर पनि संक्रमण घटेको छैन ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ४६ हजार ६६२ संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड ५९ लाख ३६ हजार ९०१ पुगेको छ । यसमध्ये ३ करोड ८९ लाख ५८ हजार ८०२ जना संक्रमण मुक्त भएका छन् । विश्वभर यो समाचार तयार पार्दासम्म सक्रिय संक्रमितको संख्या १ करोड ५६ लाख ३४ हजार ९८३ पुगेको छ । उपचार गराइरहेकामध्ये १ लाख ६८७ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५२ हजारभन्दा बढीको मृत्यु भएको छ ।बेलायतमा पछिल्लो २४ घण्टामा ५९८ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५२ हजार ७४५ पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभरि नै मृतकको संख्या बढ्दै गएको छ । युरोपमा भने बेलायतपछि फ्रान्समा सबैभन्दा बढीको मृत्यु भएको छ। फ्रान्समा अहिलेसम्म ४६ हजार २७३ जनाको मृत्यु भएको छ । यस्तै स्पेनमा पनि ४६ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा स्पेन तेस्रो स्थानमा छ । संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।

संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् । तर पनि संक्रमण घटेको छैन । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ४६ हजार ६६२ संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड ५९ लाख ३६ हजार ९०१ पुगेको छ । यसमध्ये ३ करोड ८९ लाख ५८ हजार ८०२ जना संक्रमण मुक्त भएका छन् ।

विश्वभर यो समाचार तयार पार्दासम्म सक्रिय संक्रमितको संख्या १ करोड ५६ लाख ३४ हजार ९८३ पुगेको छ । उपचार गराइरहेकामध्ये १ लाख ६८७ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board