काठमाडौँ उपत्यकामा आज थपिए ३३९ कोरोना संक्रमित

काठमाडौं, २ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमितमा १४६ महिला र १९३ पुरुष रहेका छन् । २४ घण्टामा ३ हजार ११२ पीसीआर परीक्षण भएको छ र संक्रमित पुष्टि हुनेमा ५०२ जना रहेका छन् ।

योसँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । हालसम्म कोरोना निको हुने दर ८४.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board