काठमाडौँ उपत्यकामा आज थपिए ३३९ कोरोना संक्रमित

काठमाडौं, २ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमितमा १४६ महिला र १९३ पुरुष रहेका छन् । २४ घण्टामा ३ हजार ११२ पीसीआर परीक्षण भएको छ र संक्रमित पुष्टि हुनेमा ५०२ जना रहेका छन् ।

योसँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । हालसम्म कोरोना निको हुने दर ८४.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति