जलवायु परिवर्तन कोभिडभन्दा कडा चुनौती : रेडक्रस

काठमाडौं, २ मंसिर । विश्वले जलवायु परिवर्तन समस्यासँग जुझ्न कोरोनाभाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नु पर्ने रेडक्रस सोसाइटीले मङ्गलबार चेतावनी दिएको छ । विश्वलाई कोभिड–१९ सङ्क्रमणको महामारीलेभन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो चुनौती दिएको रेडक्रसले बताएको हो ।

“अहिले कोरोना भाइरसको महामारी भएपनि जलवायु परिवर्तनले पार्ने प्रभाव रोकिएका छैनन्,” रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघद्वारा जारी नयाँ रिपोर्टमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले गत मार्चमा कोभिड–१९ का कारण विश्वव्यापी महामारीको घोषणा गरेको थियो । सन् १९६० पछिका विश्वव्यापी विनासका करिब १०० घटनाहरू भएका र तिमध्ये जलवायु परिवर्तनसँग सम्बन्धित रहेका छन् ।

ती सङ्कटका कारण पाँच करोड मानिस प्रभावित बनेका छन् । आइएफआरसीका महासचिब जागन चापागाईंले ‘भर्चुअल प्रेस कन्फरेन्स’मा भने “पक्कै पनि, अहिले कोभिड–१९ को महामारीले विश्व आक्रान्त बनेको छ । यो समस्या हाम्रो सामुन्नेमा छ । यसले हाम्र परिवार तथा आफन्तहरूलाई प्रभावित तुल्याएको छ ।”उनले भने , “विश्वले हाल सामना गरेको महामारीको समस्या निकै गम्भीर हो । यसका कारण १३ लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।”

उनले थपे , “ आइएफआरसीका विज्ञहरूले मानव जीवन र पृथ्वीमा थप खतरनाक मध्यम तथा दीर्घकालीन असर जलवायु परिवर्तनका कारण आउने देखेका छन् ।”कोभिड–१९ को समस्यासँग जुझ्न एउटा वा धेरै खोपहरू छिट्टै हामीबीच उपलब्ध हुनेछन् तर दुर्भाग्यको कुरा “जलवायु परिवर्तन नियन्त्रणका लागि उपायहरू खासै सोचिएको छैन ।

उनले विश्वले आगामी दशकहरूलाई जलवायु परिवर्तन नियन्त्रणका लागि सदुपयोग गर्नुपर्ने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति