नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२२१ पुग्यो

काठमाडौं,३० कात्तिक । नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १३ जना संक्रमितको मृत्यु भएको थियो।

गत २४ घण्टामा १ हजार ४ सय ७७ भेटिएसँगै संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ। कुल संक्रमितमध्ये ३५ हजार १ सय २५ जना सक्रिय संक्रमित छन्।

नेपालमा हालसम्म १६ लाख ९ हजार ७९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा १ हजार २१ रहेको मन्त्रालयले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति