चीनका बादशाहले नेपालका राजालाई नेपाल संवत् नै महाचीनको संवत् भन्दै रञ्जना लिपि र संस्कृतमा चिठ्ठी लेखेको इतिहास छ


– प्रा. दिनेशराज पन्त – इतिहासविद्

प्रामाणिक रुपमा भन्न सक्ने काल लिच्छविकाल मात्रै हो

हाम्रा चाडवाडहरुको अत्यन्त महत्वपूर्ण स्थान छ । अहिले त कता–कता मनोरञ्जनका साधनहरु पनि धेरै बने । प्राचिनकालमा त यसबाट मनोरञ्जन पनि लिइन्थ्यो त्यो भन्दा पनि जीवन पद्धतिको अंगको रुपमा जस्तो सामान्य भनाई के छ भने जैनैपूर्णिमा भनेको ब्राह्मणको चाड, दशैं भनेको क्षेत्रीयको चाड, तिहार भनेको वैश्यको चाड, फागू भनेको शुद्रको चाड किनभने धनधान्य लक्ष्मीको हामी पूजा गर्छौं । अब यसले के जनाउँछ भनेदेखि अब हाम्रो परम्पराअनुसार छोरीबेटीहरुलाई सकेसम्म केही दिने र अहिले त अलि फरक भयो होला छोरीबेटीहरुलाई केही नदिनेजस्तो यमपञ्चकको पाँचै दिन । जस्तो यमराजले आफ्नो काम गर्दागर्दै पनि फुर्सद पाउँदैनथे, बहिनी यमुनाले बोलाइरहन्थिन् । तर दाजुभाई र दिदीबहिनीको बात्सल्य धनधान्यकी लक्ष्मीको आराधना हामी भनौं न, यता यमदीपदान गरेर प्रकाशको कुरा गर्छौं ।

उतापट्टि हामी काग पूजा गरेर हाम्रो प्रकृतिसँगको, वातावरणसँगको संरक्षण कुकुर पूजा गर्छौ । आत्मा पूजा गर्छौ, म्हः पूजा । अर्को नेपाल संवत् पनि यहाँ जोडिन गाको छ । त्यसैले यो महत्वपूर्ण ढंगले भएको छ । यसले भातृप्रेम, वातावरणप्रतिको प्रेम, जनावरप्रतिको प्रेम जताउँछ । गोबद्र्धन पूजा गर्छौ हामी, गोबद्र्धन पूजाले के जनाउँछ भने कथाअनुसार इन्द्र रिसाए, ठूलो गरे, कृष्णजीले लिला रचाएर गोबद्र्धन पर्वत उठाए र सबैको समर्थन गरे । त्यसले के हुन्छ भने, जनता मिलेर गरेको खण्डमा कुनै पनि शक्तिको केही लाग्दैन भन्ने देखाएको छ ।

अहिले चाही हाम्रो चाडवाडहरु सबैमा सबैको समान सहभागिता हुने गरेको छ । अब यसले सन्देश के दिइरहेको छ भने, सन्देशको कुरामा जाँदाखेरी जस्तो नेपाल संवत्, अब हाम्रो देशमा संवत्हरु गोपालकाल, महिषपालकालको बारेमा त हामी धेरै बताउन सक्दैसक्दैनौं । किराँतकाल थियो भनेर हामी भन्न सक्छौं ।

हामीले प्रामाणिक रुपमा भन्न सक्ने काल लिच्छविकाल मात्रै हो । लिच्छिविकालका करिब अढाई सय प्रमाणिक अभिलेखहरु पाइएका छन् । मानदेवका पालामा देखिएका अभिलेखमा भएका संवत् चाहिं शक संवत् हो, शक संवत् भनेको विक्रम संवत्को १३५ वर्ष पछि चलेको । अंशुवर्माको संवत्मा चलेको संवत् भनेको मानदेव संवत् हो । त्यो विक्रम संवत् ९३६ कात्तिकदेखि जुन नेपाल संवत् चल्यो । नेपालको सांस्कृतिक निधिको ज्ञानको लागि नेपालमा भएका सामग्रीहरुको अर्थ गर्नको लागि यो नेपाल संवत्को ज्यादै महत्व छ । चीनका बादशाहले नेपालका राजालाई, शासकलाई चिठ्ठी लेख्दाखेरी नेपाल संवत् नै महासिनादः भने, महा चीनको संवत् भनेर पनि लेखेका छन् । एउटा रमाइलो कुरा,, चीनको बादशाहले नेपालको बादशाहलाई, राजालाई दिइएको चिठ्ठीमा हाम्रै नेपालको रञ्जना लिपिमा लेखिएको छ, हाम्रै संस्कृत भाषामा लेखिएको छ ।

विसं. १७ औं र १८ औं शताब्देखि हामीमा पढ्ने संस्कृति हट्यो, जसकारण आज विद्यामा ह्रास आयो

अरु बेला जुवा खेल्नु नराम्रो मानिन्छ । तर हाम्रा कलाका ६४ कलाहरु मध्येमा द्युत्क्रिडा पनि पर्दछ । जस्तो कोजाग्रत पूर्णिमाको पूजा भयो, त्यसलाई मान्यता दिइएको छ । लक्ष्मी पूजाको दिन पनि आफ्नो घरपरिवारमा बसेर रमाइलो गर्ने त्यस किसिमको छ, त्यसको निरन्तरता हुदै आइरहेको छ, सबैभन्दा ठूलो कुरा अन्धकारबाट तिमी प्रकाशतिर जाऊँ ।

जस्तै लिच्छिविकालको कुरा त, हामीले अभिलेखहरु मात्रै पाउने हुनाले लिच्छिविकालमा हाम्रो त वास्तवमा के भने,

अहिले हिन्दू धर्म भन्न थालेपनि यो धर्मलाई सनातन धर्म हो । यो अनन्तकालदेखि चल्दै आएको हो । कुनै न कुनै रुपले वैदिक युगसम्म पुग्छ, पहिलेदेखि नै चलेको हो । यो पूरा यो क्षेत्रबाट चलेको हो । हामीले नेपालको परिपे्रक्ष्यमा कुरा गर्दा लिच्छिवि कालदेखि जम्मै कुरा के छ भने सबै कुरा कमसेकम पूर्ण मध्यकालदेखि चाडवाडलाई अझ महत्वपूर्ण ढंगबाट मानिन्थ्यो । अहिलेभन्दा साढे ६ सय वर्ष अगाडि तयार भएको गोपाल राजवंशावलीका बयान इत्यादी कुराहरुबाट हामीहरु प्रष्टसँग बुझ्छौं ।

र म त यही काठमाडौंमै जन्में, न्युरोडको प्युखा गल्लीमा जन्में । त्यो बेला पनि जुन भव्यतासँग सबै मिलाएर, पहिलादेखि चलिरहेको थियो होला, व्यापारीहरुले पनि ऊ किसिमले चलाउने, यही ढंगले चलेको छ । हाम्रा पिता पुर्खाहरुले जुन दर्शन बताए, त्यो दर्शन निश्चय पनि पाश्चात्यहरुभन्दा माथि नै हो ।

तर विक्रम संवत्को १७ औं र १८ औं शताब्देखि हामीले पढ्न छोड्यौं । विशेषरी रिनेसाँ (पुनर्जागरण)पश्चात् पश्चिमाहरुले पढ्न थालेको हुनाले अहिले उनीहरु यो क्षेत्रमा अघि बढ्दै गए, विद्याको क्षेत्रमा । आजभन्दा १५ सय वर्ष अगाडि बलामिर भन्ने ठूला ज्योतिष थिए, उनको संवत् विक्रम संवत् ५६२ हो । जस्तो मानदेव भन्ने राजा छन् नि लिच्छिवीकालका, उनको अहिले हामीले भन्न सक्ने प्रामाणिक समय भनेको विक्रम संवत् ५२२ देखि ५६२ सम्म हो । उनी के भन्छन् भने, म्रेक्छाहीः यमनास्तेसु संयकशास्त्रम् प्रतिष्ठितम्, ऋषिवत्देवी पुजीयन्ते पुनरवैद बिन्तिच । म्लेक्छ्य भनेका यमनहरु हुन्, तिनीहरुले राम्ररी पढेका छन्, राम्ररी जानेका छन्, तिनीहरु त पुजिन्छन् भने तिनीहरुको त पूजा गरिन्छ भने, राम्रोसँग पढेको ब्राह्मणको त पूजा नगर्ने कुरै छैन । यसमा के भयो भने हामी त अहिले चाहिं विद्यामा ह्रास आउनुको कारण नेपालको परिपेक्ष्यमा मात्रै भन्दैछैन कि, यो रिजनकै परिपेक्ष्यमा जहाँपनि जस्तो नेपालकै परिपे्रक्ष्य जोडौं । अहिले राजतन्त्रबाट गणतन्त्र आएको हामी प्रत्यक्ष १२–१३ वर्ष भयो, विक्रम् संवत् २०६५ सम्म त जुनै किसिमको भए पनि राजतन्त्र त थियो । उनकै पुर्खा द्रव्य शाहको पालामा रिनेशाँ पुनर्जागरण भयो पश्चिमबाट, उनीहरु पढ्न थाले । राज्यक्रान्ति चाहिं के भयो भने, रणबहादुर शाहको पालामा भयो, फ्लेक्स रेभुलेसन ।

हामी कहाँ त के भयो भने दरबार मात्रै बद्लियाछ । हिजोको नारायणहिटी दरबारको सेवा गर्थे भने, कोही चाहिं बल्खु दरबारको गर्लान्, अहिले त बल्खु पनि भत्कियाछ क्यारे, हाम्रै घर नजिककै धुम्बाराहीमा गर्लान्, कोही पेरिस डाडाँतिर जालान्, कोही अर्कातिर सानेपा जालान् । त्यसैले यो जबसम्म विद्यामा परिवर्तन आउँदैन, विद्यामा परिवर्तनको कुरा आउँदैन नि नयाँ–नयाँ कुरा आउँदैन र पुरानो बाऊ, बाजेले कमाएको कुरालाई संरक्षण गरेर राख्न मुस्किल पर्छ ।

हाम्रा पिता, पुर्खाको के देखिन्छ भने, जस्तो मैले १२ माइनसको चस्मा लगाएको छु, बिहान, बेलुकै इन्सुलिन घोच्छु । अहिले नयाँ प्रविधि नभएको भए म अन्धो भइसकेको हुनेथिएँ । हाम्रो पिता पुर्खाको ऐतिहासिक परिपेक्ष्यमा जति कुरा निकालें, जस्तो अहिले कोरोनाको एउटाले एउटा भन्छ, अर्कोले अर्को भन्छ । एउटाले निकालेको भएन भन्छ, यहाँ सबैमा शंसय छ । जस्तो म बच्चा हुँदाखेरी हामी त काठमाडौंमा जन्मेका मान्छेहरु भयौं ।

हामी भन्दा पनि हाम्रा मावली खलक सम्पन्न थिए । त्यहाँ के थियो भनेदेखि आमाको दूध खायो भने आमाको सौन्दर्यमा ह्रास आउछ र बच्चा पनि लुरे हुन्छ भन्ने थियो । त्यसकारण धाईआमा राख्थे । धनीले त अनिवार्य नै राख्थे । हाम्रो घरमा त त्यस्तो विकृति आइसकेको थिएन अथवा प्रकृतिसँगै हाम्रो मामाघरमा आइसक्याथियो, उनीहरुसँग बढी पैसा थियो । अहिले के भयो भने आमाको दूध खुवाएपछि आमाको सौन्दर्य पनि राम्रो हुने, आमाको स्वास्थ्य पनि राम्रो हुने, बच्चा पनि हृष्टपुष्ट हुने । यो कुरा हाम्रा ऋषिमुनिहरुले त भनेकै थिए नि त, आमाको दूध भनेको त अमृत समान भनेर । त्यसैले अब हामीकहाँ नेपालमा सबभन्दा ठूलो कुरा के भने, प्राचीनकालमा कसरी गरिन्थ्यो भन्ने कुरा चाही हामीकहाँ रिकर्ड सिस्टम राम्रो छैन ।

पहिले थियो, अब रिकर्ड सिस्टम नभएको हुनाले हामीलाई ठ्याक्कै भन्न गाह्रो । त्यैपनि हामी के भन्न सक्छौं भने, हामीकहाँ अहिलेभन्दा पनि राजा, रंक सबै जातजाति सबै मिलेर जस्ते हामी लिच्छिविकालको अभिलेख हेरौं त्यहाँ के भन्छन् भने, आमराममण चाण्डालपर्यन्तम् । बाहुनदेखि चाण्डालसम्मलाई सम्बोधन गरेको छ । आफ्नो ढंगको समावेशी ढंगले भन्न त फागु चाड शुद्रको भन्यो, राजामहाराजै खेल्थे नि, भाइभारदार नै खेल्थे नि, सामान्य जनता पनि खेल्थे नि, सबै खेल्थे ।

एक, दुइ ठाउँमा कार्यक्रममा सम्मान गर्दा क्रिश्चियनहरुले टिका लाउन नमानेको देख्याछु । अब हाम्रै घर नजिकै मुसलमानहरुको टोल थियो, ती मुसलमानहरु पनि फागू पूर्णिमा खेल्थे । सबैले परस्पर भएर पहिलेका कुराहरुमा सबै जातजातिको र नेपालको वैशिष्ट भनेको त्यो हो । जस्तो हामी मानदेवको हेरौं, मानदेवले चागुँनारायणको पूजा गरे, वामनावतार विष्णुको स्थापना गरे । सबैले उनलाई वैष्णव भन्छन् । उनका रानी गुणवतीले चाहिं शिवालय स्थापना गरिन् ।

छोरी विजयवतीले पनि शिवालय स्थापना गरिन् । उनको नाममा मानविहार पनि बन्यो । चिनियाँहरु आउदा बयान ग¥याछन्, लिच्छिवि राजा नरेन्द्रदेवको पेटी बाँधेकोमा चाही बुद्धको मूर्ति थियो भनेर, उनी आफूलाई परम् महायश्वर, उनी आफूलाई शिवजीको परम्भक्त भनेर लेख्छन् । समन्वयवादी दर्शनले तिहारको चाड मात्रै होइन कि, दशैं पनि समन्वयवादी दर्शनले चलेको हामी ऐतिहासिक परिप्रेक्ष्यबाट देख्छौं ।

छठ पर्व पनि लिच्छिविकालदेखिकै आइरहेको छ

छठ भनेको सूर्य पूजा, षष्ठीदेवीको पूजा गरेर त्यो सूर्यको आराधना हो । नेपाल मोटामोटी भन्दाखेरी हिमाल, पहाड र तराइ गरेर बनेको छ । तराइ रिजनमा यो पर्व थियो, भव्यताकासाथ मनाइन्थ्यो ।

म युवकसम्म हुँदासम्म यो टंकेश्वरसम्म हिंडेर आउदाखेरी १०, १२ मिनेटको बाटो हो, विष्णुमति पारी त्यहाँ मधेशी मूलका मान्छेहरु जम्मा भई छठ मान्थे । अब अहिले त रानीपोखरीमा कमलपोखरीमा मनाइन्छ ।

यो त हाम्रो यो सांस्कृतिक अन्तरघुलन पनि हो । गुभाजुहरुको जस्तो हाम्रोमा के छ भने, विवाह गर्दाखेरी दुलाहा जन्ती जानुपर्छ, दुलाहाका आमा जान्नन् । तर बज्राचार्य, शाक्यहरुमा अहिलेभन्दा २५, ३० वर्ष अगाडिसम्म काठमाडौंको कुरा गर्दाखेरी आमा अपरिहार्य, सासुआमा दुलहीको घरमा जाने काम हुन्थ्यो, दुलाहा जन्ती जाँदैनथ्यो । अहिले बाहुन क्षेत्रीको संगत भयो, उनीहरु जाने भए । त्यस्तै गरेर मातृ नवमीमा मातातीर्थ औंशीमा, कुशेऔंसीमा बाँचेका आमा बुवालाई भन्दा बितेका आमाबुवालाई श्राद्ध गर्ने हाम्रो बढी चलन हुन्थ्योे । तर नेवार वर्गमा असाध्यै त्यस्तो चलन थियो ।

त्यो कुरा हामीहरुले पनि लिंदैआयौं परस्परको अन्तत्र्रिmया, त्यस्तै छठको बारेमा पनि के भन्न सकिन्छ भने कि मधेसी रिजनमा बसेका मानिसहरुको ती ब्राह्मण, क्षेत्रीय, बैस्य, शुद्र जे भए पनि भेदभाव केही हुन्थेन कि । यो क्रमशः राजधानी उक्लेर यसको सांस्कृतिक पक्ष बलियो ढंगले आयो । र यी सबै कुराको पछि के छ भने हामी एकात्मक छौं भन्ने दार्शनिक चिन्तनको पनि महत्वपूर्ण रुपमा त्यसमा छ ।

जस्तो एउटा पृथ्वीनाराण शाह सबैले चिनेकै हुन्, जस्तो पृथ्वीनारायण शाहले विक्रम संवत् १८०० मा नुवाकोटमा आक्रमण गरे, त्यो बेलामा उनी असफल भए । नुवाकोट चाहिं काठमाडौंका मल्ल राजाको राज्य थियो । पछि उनी हतियार संग्रह गर्न बनारस गए, पछि उनको ससुराली घर पनि भयो त्यो । त्यहाँ चाही श्रीमोडका राजा, डोटीका राजा, पर्वतका भारदार इत्यादी भेट भए, पृथ्वीनारायण शाह के भन्छन् भने, पहाडमा हुँदा हामी गोर्खाली, पर्वते, श्रीमोडे भन्ने हौं । यहाँ मधेसमा आएपछि त हामी सबै पहाडिया हौं नि त भन्ने त्यो एकात्मकताको बिन्दु चाहिं कमसेकम हामी लिच्छविकालदेखि भन्न सक्छौं र त्यो देखिन्छ । यो छठ पर्वले पनि त्यो बिन्दुलाई राम्रोसँग समातेर आइरहेको जस्तो मलाई लाग्छ ।

प्रस्तुति : ध्रुव अधिकारी र सपना थामी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board