बेलायतमा २४ घन्टामा थप ४६२ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ३० कात्तिक । बेलायतमा पछिल्लो २४ घन्टामा थप ४६२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसैगरी हालसम्म बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ हजार ७६६ पुगेको छ ।

२४ घन्टाभित्र बेलायतमा २६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्। ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ दिएको जानकारीअनुसार शनिबार साँझ सम्ममा थप २६ हजार ८६० नयाँ संक्रमित थपिएका हुन् ।

यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ८०६ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार ३५५ जनाको भेन्टिलेतर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १३ लाख ४४ हजार ३६५ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति