बाइडनको सबैभन्दा ठूलो आश्चर्यजनक जितमा महत्त्वपूर्ण भूमिका खेल्ने महिला को हुन ?

ज्यानुअरीमा उपपराष्ट्रपतिको पदभार ग्रहण लिँदा कमला ह्यारिसले नयाँ इतिहास लेख्नेछिन्। जो बाइडेन र ह्यारिसलाई ह्वाइट हाउस पुर्‍याउन अर्की अश्वेत महिलाले पनि मुख्य भूमिका निर्वाह गरेकी गरेको बिबिसीले जनाएको छ ।।

जो बाइडनसँगै उभिएर जितमा खुसियाली मनाइरहँदा उपराष्ट्रपति निर्वाचित प्रथम अश्वेत तथा एशियाली अमेरिकी महिला ह्यारिसले एउटा विशेष समूह अर्थात अल्पसङ्ख्यक महिलाहरूका कारण आफ्नो अभियानले सफलता पाएको बताइन्।

उनले विशेषगरी अश्वेत महिलाहरूलाई अधिकांश अवस्थामा चासो नदिइने गरेको भए पनि उनीहरूले अमेरिकी लोकतन्त्रको मेरुदण्डका रूपमा आफूलाई धेरै पटक प्रमाणित गरेको बताइन्।

जोर्जिआमा ह्यारिसको यो सम्बोधन सुनिरहँदा हन्ट परिवारका सदस्यहरूको आँखा रसाएको थियो।

“अहिले जोर्जिआ नीलो भएको छ जुन यो राज्य र यहाँका बासिन्दा अझ त्यसमा पनि अश्वेत बसिन्दाहरूका लागि जीवनकै ठूलो परिवर्तन हो,” २७ वर्षीया क्रिस्टिन हन्टले भनिन्।

“यो स्टेसी एब्राम्स र स्थानीय सङ्घ-संस्थामार्फत् मानिसहरूलाई मतदानका लागि नाम दर्ता गर्न र हाम्रो मतको महत्त्व किन छ भनेर बुझाउन खटिएका अरू धेरै अश्वेत महिलाहरूको कारण सम्भव भएको हो।”

क्रुजशान्डर स्कट (बायाँ) र ब्रिटनी स्मल्स (दायाँ) ले मतदाताहरूलाई नाम गर्दा गराउन अभियान चलाएका थिए
तस्बिरको क्याप्शन,क्रुजशान्डर स्कट (बायाँ) र ब्रिटनी स्मल्स (दायाँ) ले मतदाताहरूलाई नाम गर्दा गराउन अभियान चलाएका थिए

अल्पसङ्ख्यक समर्थन

जो बाइडनको जितका लागि अफ्रिकी अमेरिकीहरूको समर्थनको निकै महत्त्वपूर्ण रहेको थियो।

अश्वेत मतदाताहरूले साउथ क्यारलाइना प्राइमरी निर्वाचनमा बाइडनलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए जसले उनलाई पार्टीबाट मनोनयन प्राप्त गर्ने आधार दियो।

फिलडेल्फिया र पिट्स्बर्गजस्ता सहरमा रहेका अश्वेत मतदाताको समर्थन पनि बाइडनले पेन्सिल्भेनिया हुँदै अन्तत: चुनाव जित्नुको एउटा कारण हो।

मतदानलगत्तै गरिने एक्जिट पोल सर्वेक्षणले १० अश्वेत मतदातामध्ये झन्डै नौ जनाले डेमोक्र्याटिक पार्टीलाई समर्थन गरेको देखाएको थियो।

ती सहरमा बाइडनलाई जिताउन कसले भूमिका खेल्यो भनेर प्रश्न गरियो भने धेरैले आफ्नो समुदायमा रहेका अश्वेत महिलाहरूलाई श्रेय दिन्छन्।

ज्याक्सनभिल फ्लोरिडाकी क्रुजशान्डर स्कटजस्ता महिलाहरूले धम्की समेत सामना गरेका थिए। उनले आफ्नो ऐतिहासिक रूपमा अश्वेत समुदायमा मतदाताहरूलाई भोट खसाल्न प्रेरित गर्न जाँदा अन्तिम साताहरूमा आफूलाई थप सुरक्षा दिइएको बताइन्।

अमेरिकीमा प्रथम महिला हुन लागेकी जिल बाइडन को हुन्?

केन्द्रीय अभियानकर्ता

जोर्जिआमा स्टेसी एब्राम्सको डेमोक्र्याटहरूले प्रशंसा गरिरहेका छन्। आफ्नो दलका लागि चुनावको पर्यवेक्षकको भूमिका खेलेकी लिन्डा ग्रान्टले भनिन्, “एब्राम्सको नामलाई ‘काम सम्पन्न गराउने’ अर्थ दिने हिसाबमा प्रयोग गर्ने गरिन्छ।”

तर केही समयअघि सम्म मात्रै जोर्जिआका डेमोक्र्याटहरूले एब्राम्सलाई उक्त राज्यकी गभर्नरको रूपमा हेर्ने इच्छा राखेका थिए।

सन् २०१८ मा उनले उक्त पदका लागि उम्मेदवारी दिने पहिलो अफ्रिकी अमेरिकी महिलाको कीर्तिमान राखेकी थिइन्।

जोर्जिआमा लामो समय सेक्रटरी अफ स्टेटको भूमिका निर्वाह गरेकी ब्रयान केम्पसँग एब्राम्सले प्रतिस्पर्धा गरेकी थिइन्।

छ वर्ष पदमा हुँदा केम्पले ‘निष्क्रिोय रहेको’ वा त्रुटि भएको भन्दै १० लाखभन्दा बढीको मतदाताको दर्ता रद्द गरेका थिए।

उनको कार्यालयले तथ्याङ्कलाई अद्यावधिक गरेको बताए पनि एब्राम्सले त्यसलाई मताधिकार हनन भन्दै चर्को आलोचना गरिरहेकी छन्।

गभर्नरको निर्वाचनमा केम्पले ५० हजार भन्दा केही बढी मतले जित हासिल गरे। तर उक्त परिणामपछिको सम्बोधनमा उनले आफ्नो हार स्वीकार गरिनन्।

उनले मताधिकार खोसिएको भन्दै एउटा नयाँ अभियान अघि बढाउने घोषणा गरिन्।

'Thank you Stacey' sign

त्यसको दुई वर्षपछि सन् २०२० को चुनावमा एब्राम्स र विभिन्न सङ्घ-संस्थाले आठ लाख मतदाताको नाम जोर्जिआमा दर्ता गराएका छन्।

त्यहाँ पुन: मत गणना भयो। तर एब्राम्स र उनको स्वयंसेवक समूहलाई दुई दशकभन्दा लामो समययता पहिलो पटक डेमोक्र्याटिक दललाई साँघुरो अन्तरकै भए पनि अग्रता कायम गर्न सहयोग गरेको भन्दै व्यापक प्रशंसा भइरहेको छ।

ज्यानुअरीमा तिनै मतदाताहरू फेरि निर्णायक हुनसक्छन् किनभने सिनेट सदस्यका लागि हुने दोस्रो चरणको मतदानले अमेरिकी सिनेट कुन दलको नियन्त्रणमा जानेछ भन्ने निर्धारण गर्न सक्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति