विश्वका शक्तिशाली देशका राजदुतहरुबाट तिहारको सुभकामना ब्यक्त

काठमाडौं, २९ कात्तिक । नेपालका लागि विश्वका शक्तिशाली देशका राजदुतहरुले तिहारको सुभकामना ब्यक्त गरेका छन् । उनिहरुले आज आज कुकुर पुजा गरेका तिहार समेत बनाएका छन् । अमेरिकी राजदूत र्‍यान्डी बेरीले तिहारको शुभकामना दिँदै सामाजिक सञ्जालमा कुकुरलाई माला लगाईदिएको फोटो राखेका छन् ।

This image has an empty alt attribute; its file name is 125104397_3396462420430804_7584500866579153085_n-594x768.jpg

बेलायती राजदूत निकोला पोलिट भने कुकुर पुजा गरेको फोटो पोष्ट गरेकिछिन् ।

यता चिनियाँ राजदूत होऊ यान्छीले भने तिहारको सुभकामना ब्यक्त गर्दै आज चाइनामा लाल्टीन उत्सव भएको समेत बताएकिछिन् ।

This image has an empty alt attribute; its file name is 125279127_656637565031475_5067901478193555526_n-560x768.jpg

राजदुतहरुले कुकुर तिहारको दिन निवासमा कुकुरलाई माला लगाएर डुलाएको तस्बिर राख्दै शुभकामना दिएका थिए।

नेपालमा रहेका राजदूतहरूले चाडपर्वलाई नजिकबाट नियाल्दै सांस्कृतिक–कूटनीतिका रूपमा ढाल्ने प्रयास गरिरहेका छन्। उनीहरूले हरेक चाडपर्वबारे यसैगरी शुभकामना दिँदै आएका छन्। पहिला–पहिला निवासमा नै बोलाएर रमाइलो गर्ने राजदूतहरूले अहिले ट्विटमार्फत जानकारी दिन थालेका हुन्।

अमेरिकी राजदूतले मात्र होइन दूतावासका अन्य अधिकारीले पनि नेपाली कलासस्कृतिको तस्बिर राखेर यसको महत्वलाई झल्काएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति