कोरोना नियन्त्रणमा स्थानीय सरकारले खेलेको भुमिका प्रशंसनीय छ: ईश्वर पोखरेल


काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता ईश्वर पोखरेलले नेपालमा संघीयताको महत्वबारे प्रशंसा गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा स्थानीय सरकारहरूले महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ ।

शुक्रबार गाउँपालिका राष्ट्रिय महासंघद्वारा प्रकाशित ‘स्थानीय सरकारका तीन वर्ष’ पुस्तक सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले स्थानीय सरकारहरूको कामकोसमेत प्रशंसा गरेका छन् ।

‘कोरोनाका बेला पालिकाहरूले खेलेको भूमिकाले नेपालमा संघीयता किन सफल हुन्छ, कति अपरिहार्य छ, कति उपयुक्त छ भन्ने देखाएको छ’ उनले भने ।, पालिकाहरूले कोरोनाका बेला गरेका कामहरूबारे अनुसन्धान र प्रचारप्रसार गर्नुपर्ने उनले बताए ।

यस्तै कार्यक्रममा संविधानसभा सदस्य तथा स्थानीय तहका जानकार कृष्णप्रसाद सापकोटाले केन्द्रमा रहेका सबै निर्देशनालयहरू खारेज गर्नुपर्नेमा बताए । शिक्षा सम्बन्धी अधिकार पालिकाहरूलाई दिनुपर्नेमा उनको तर्क थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति