फालिएको अवस्थामा जिउँदै भेटियो शिशु

सप्तरी, २८ कात्तिक । सप्तरीको बोदे बर्साईनमा फालिएको अवस्थामा एक शिशु भेटिएको छ । सप्तरीको बोदे बर्साईन नगरपालिकामा शुक्रबार भर्खरै जन्मिएको शिशु फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वडा नम्बर ५ जाँजरस्थित खडक खोलामा फालिएको अवस्थामा नवजात शिशु फेला परेको हो । इलाका स्वास्थ्य चौकी बोदे बर्साईनका प्रमुख एयुब राईनका अनुसारर शिशु २४ घण्टाअघि जन्मिएको जस्तो देखिएको छ र उनी छोरो हुन् ।

शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको छ । स्थानीय बासिन्दाले खबर गरेपछि इलाका प्रहरी कार्यालय बोदे बर्साईनको टोली घट्नास्थलमा पुगी शिशुलाई ल्याएर स्वास्थ्य कार्यालयको जिम्मा लगाईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति