अमेरिकाले दियो नेपाललाई १०० थान भेन्टिलेटर

काठमाडौं, २८ कात्तिक । अमेरिकाबाट नेपाललाई कोरोना विरुद्धको लडाइका लागि १०० थान भेन्टिलेटर सहयोग प्राप्त भएको छ । नेपाललाई अमेरिकाले कोभिड-१९ विरुद्धको लडाईमा सहयोग पुर्‍याउन १०० थान भेन्टिलेटर सहयोग गरेको हो ।

अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी)मार्फत दिइएको भेन्टिलेटर हस्तानतरण गरेका छन् । अति दुर्गम क्षेत्रका समुदायको उपचारमा सहयोग पुगोस् भनेर भेन्टिलेटर सहयोग गरेको राजदूत बेरीको भनाई छ ।

अमेरिकाले दिएको १०० वटा भेन्टिलेटरमध्ये सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ७७ वटाका दरले वितरण गरिने स्वास्थ्यमन्त्री ढकालले बताए । उनका अनुसार बाँकी हरेक सरकारी अस्पताललाई दुई-दुईवटाका दरले दिइने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति