यूएईमा अविवाहित जोडी एकसाथ बस्न पाउने कानुनी मान्यता

काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो कानुन संशोधनगर्दै अब अविवाहित जोडी साथमा बस्नका लागि कानुनी रुपमा नै मान्यता दिएको छ । यूएईमा अब अविवाहित जोडी एकसाथ बस्न पाउने भएका छन् ।

यूएईले लामो समयदेखि लिभिङ टुगेदरलाई अपराध मान्थ्यो तर, यूएईले अबव अविवाहित जोडी एकसाथ बस्न पाउने बताएको छ । यएई सरकारले नागरिक र प्रवासी नागरिकलाई सकारात्मक र अनुकूल बनाउनका लागि कानुनमा संशोधन गरिएको जनाएको छ ।

यूएईले केही हप्ता पहिला इजराइलसँग सम्बन्ध सामान्य बनाएको थियो । सम्बन्ध सामान्य बनाउनका लागि ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको थियो ।

खबर अनुसार सम्बन्ध सामान्य बनाएका कारण र कानुन संशोधनका कारण अब यूएईमा इजरायलका पर्यटक बढ्ने अनुमान गरिएको उल्लेख छ । यूएईले इस्लामी कानुन हुँदाहुँदै पनि पर्यटक, विदेशी व्यवसायी र उद्योगहरुलाई आकर्षित गर्नको लागि पश्चिमी संस्कृतिलाई स्थान दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति