कोरोनाविरूद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा – स्वास्थ्यमन्त्री

काठमाडौं, २८ कात्तिक । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाविरूद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको बताए । उनले बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा बताएका हुन । विराटनगरमा कोशी अस्पताल र प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को स्थलगत निरीक्षणपछि मन्त्री ढकालले देशभरका अस्पतालहरुमा सुविधा सम्पन्न तीन हजार ५ सय शय्या थप्न लागेको जानकारी पनि दिए ।

तीन हजार ५ सय सुविधासम्पन्न शय्यामध्ये दुुई हजार काठमाडौं उपत्यकामा र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने उनले बताए । शय्या थपिएपछि अस्पतालहरूको सेवा थप प्रभावकारी हुने उनको विश्वास छ ।

कोभिड रोकथाम र नियन्त्रणको कामसँगै स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै कामहरू भैरहेको भन्दै उनले अहिलेसम्म एउटा पनि अस्पताल नभएका ६४९ स्थानीय तहमा न्यूनतम पाँच शय्ययाको अस्थायी अस्पताल निर्माणका लागि बजेट पठाइसकेको जानकारी पनि दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति