काठमाडौं, २७ कात्तिक । सरकारले कोरोनाबाट संक्रमित भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने भएको छ ।
विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले बताए । मन्त्री पौडेलले ट्विटरमा लेखेका छन्- राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो। ८० वर्षीय केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
COMMENTS