बाइडेन विजयी जोर्जिया राज्यमा पुनः मत गणना गरिने, ट्रम्प पक्ष भन्छ: पहिलो महत्वपूर्ण कदम

अमेरिका,२७ कात्तिक । हालै सम्पन्न राष्ट्रपति निर्वाचनअन्तर्गत अमेरिकाको जोर्जिया राज्यको मत हातैले पुनः गणना गरिने भएको छ ।

झिनो अन्तरले जो बाइडन अगाडि देखिएको जोर्जिया राज्यमा हातैले पुनः मत गणना गरिने भएको हो । जर्जियामा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र नवनिर्वाचित राष्ट्रपति बाइडनबीच करिब १४ हजार मतको अन्तर छ । निकै कडा प्रतिस्पर्धा देखिएका कारण उक्त राज्यले गत हप्ता नै पुनः मतगणना गरिने जानकारी गराएको थियो । हातले नै मत गन्न अनुरोध गरेको ट्रम्पको चुनावी अभियान सञ्चालक टोलीले यसलाई महत्वपूर्ण ‘पहिलो कदम’ भनेको छ ।

रिपब्लिकन पार्टीका तर्फबाट जोर्जियामा चुनावी अभियानको नेतृत्व गरिरहेका डग कोलिन्सले सञ्चारकर्मीसंग यसलाई यो ‘निष्ठा’ र ‘पारदर्शिता’को जित भएको बताए । अभियानका कानुनी परामर्शदाता स्टेफन पासान्टीओले प्रत्येक भोटको जांच गरिने बताए । त्यो गहन मत गणना राज्यले तोकेको अन्तिम मिति नोभेम्बर २० तारिखसम्ममा सकिने आशा गरिएको छ । पुनः मत गणना गरेपछि कसैले दोहोर्याएर वा अवैध मतदान भए नभएको पत्ता लाग्ने जोर्जियाका निर्वाचन अधिकृत ग्याब्रिएल स्टेरलिङले बताए । जोर्जिया राज्यमा बाइडेनले हारेपनि उहासंग राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० भन्दा बढी नै इलेक्टोरल मत रहनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board