होमआइसोलेशनका संक्रमितको उपचारलाई सूचीकृत हुनुपर्ने

काठमाडौँ, २६ कात्तिक । सरकारले होम आइसोलेशनमा रहेका कोभिड–१९ सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले आज सूचना प्रकाशन गरी होम आइसोलेशनमा रहेका सङ्क्रमितका लागि सेवा सञ्चालन गर्न चाहने स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेको हो ।

नेपालमा अहिलेसम्म २८ हजार ३९३ जना होमआइसोलेशनमा छन् । “होम आइसोलेशनमा रहेका सङ्क्रमितलाई टेलीमेडिसिन सेवाद्धारा स्वास्थ्य सेवा परामर्श, सामान्य उपचार, थप आवश्यक सूचना प्रदान गर्न इच्छुक सरकारबाट मान्यताप्राप्त स्वास्थ्य संख्याले महाशाखामा सूचीकृत हुनका लागि निवेदन पेश गर्न सूचना प्रकाशित गरिएको छ”, सूचनामा भनिएको छ, “ सेवा प्रदायक स्वास्थ्यकर्मीहरु सम्बन्धित परिषद्मा दर्ता हुनुपर्ने छ ।”

स्वास्थ्य संस्थाले सूचीकृत भएर होम आइसोलेशनमा रहेका सङ्क्रमितको उपचार गर्न सक्ने बताइएको छ । नेपालमा सङ्क्रमितको संख्या दुई लाख दुई हजार ३२९, निको एक लाख ६२ हजार २४३ र सङ्क्रमणबाट निधन हुनेको संख्या एक हजार १७४ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति