नेपालमा कोरोनामुक्त हुनेको संख्या १ लाख ६२ नाघ्यो

काठमाडौं, २६ कात्तिक । देशभर कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या १ लाख ६२ हजार नाघेको छ । बितेको २४ घण्टामा १६ सय ६६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ६२ हजार २४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार हाल १ लाख ६२ हजार २४३ मध्ये देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ पुगेको छ । हालसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार बुधबार २ हजार ५६९ जना संक्रमित थपिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति