२ हजार ५६९ जना संक्रमित, थप २६ जनाको मृत्यु


काठमाडौं, २६ कात्तिक । नेपालमा बितेको २४ घण्टामा थप २५६९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा यससँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

यस्तै हालसम्म नेपालमा कोरोना भाईरसबाट संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ६२ हजार २४३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् ।

हालसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण भएको छ । बितेको २४ घण्टामा १०,०८१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस्तै ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन्।

थप २६ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप २६ जनाको ज्यान गएको छ । यस्तै हालसम्म नेपालमा १,१७४ सङ्क्रमितको कोरोना भाईरसका कारणले मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

उपत्यकामा थप १२६१ जना संक्रमित
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप १ हजार २ सय ६१ जनामा कोरोना भाईर संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार काठमाडौंमा संक्रमितको संख्या ७५ हजार ३२०, ललिपुरमा १० हजार ७५१ र भक्तपुरमा ६ हजार ७६५ जना पुगेको छ ।

जसमध्ये अहिले काठमाडौंमा १७ हजार १६४, ललितपुरमा २५०६ र भक्तपुरमा १२७५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board