विश्वमै सबैभन्दा धेरै समय प्रधानमन्त्री बनेका खालिफाको निधन

काठमाडौं, २६ कात्तिक । विश्वमै सबैभन्दा धेरै समय प्रधानमन्त्री बनेका बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको निधन भएको छ। अमेरिकामा उपचाररत् प्रधानमन्त्री खालिफाको बुधबार निधन भएको बहराइनको राजदरबारले ट्विटरमार्फत् जानकारी गराईएको छ ।

८४ वर्षीय खालिफाको अमेरिकाको मायो क्लिनिक अस्पतालमा उपचार भइरहेको थियो । बहराइनका राजाले खालिफाको निधनमा एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन्। भोलिदेखि तीन दिनसम्म बहराइनका सरकारी कार्यालयमा विदा दिइएको छ।

उनको पार्थिव शरिरलाई बहराइन ल्याएपछि अन्तिम संस्कार गरिने बताईएको छ । खबर अनुसार कोरोनाभाइरसका कारण सीमित मानिसहरूलाई मात्र शवयात्रामा सहभागी गराइनेछ । राजपरिवारमा जन्मिएका खालिफा सन् १९७०मा बहराइनका प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी लगातार प्रधानमन्त्री रहेका थिए ।

संसारभर यतिलामो समय प्रधानमन्त्री हुने उनी नै पहिलो व्यक्ति हुन्। उनीभन्दा पछाडि कम्बोडियाका प्रधानमन्त्री हुन सेन १९८५ देखि कम्बोडियाका प्रधानमन्त्री छन्। एजेन्सी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति