अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल: नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै, दर्शकले मैदानमै गएर हेर्न पाउने

काठमाडौं, २६ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र बंगलादेशबीच यही कात्तिक २८ र मंसिर २ गते ढाकाको बंगबन्ध नेशनल स्टेडियममा फुटबल प्रतिस्पर्धा हुँदैछ । कोरोना महामारिका कारण दक्षिण एसियाली देशहरुका दर्शकसहित खेल हुन सकेको छैन । तर, बीएफएफले फिफा र एएफसीको गाइडलाइन्स अनुसार मैदानमा दर्शक प्रवेश गराउने भएको छ । सो खेलमा दर्शकले मैदानमै उपस्थित भएर हेर्न पाउने भएका हुन् । दर्शक कति संख्यमा मैदानमा प्रवेश गराउने एकिन भने गरिएको छैन ।

बंगलादेश फुटबल फेडेरेशन (बीएफएफ) ले दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको जनाईएको छ । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकलाई मैदान प्रवेश गर्ने निर्णय बीएफएफले गरेको हो ।

यस्तै बीएफएफले खेलको टिकट मूल्यसमेत तोकेको छ । जसमा भीआईपी प्यारापिटतर्फ ५०० टाका र सामान्यतर्फ १०० टाका तोकिएको छ । रंगशाला प्रवेश गर्ने हरेक दर्शकले फिफा र एएफसीको गाइडलाइन्स पालना गर्नुपर्नेछ । दुई मैत्रीपूर्ण खेललाई बिएफएफले ‘मुजिब बोर्शो फिफा इन्टरनेशनल फुटबल सिरिज २०२० : बंगलादेश भर्सेस नेपाल’ नाम दिएको छ । मैत्रीपूर्ण नेपाली समय अनुसार साँझ ४स्१५ बजे सुरु हुनेछ ।

यस्तै फिफा र एएफसीको अनुमति अनुसार बंगलादेश राष्ट्रिय फुटबल टिमले कतारको दुई क्लबसंग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । त्यसबारे थप जानकारी पछि सार्वजनिक हुने जनाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board