प्रधानमन्त्रीलाई प्रचण्डले भने: २७ गतेको सचिवालय बैठकमा आउनूस्

काठमाडौं, २६ कत्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सचिवालय बैठक बोलाउन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन् ।

हिजो प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई २७ गते बैठक बस्ने प्रस्तावमा सहमति जनाउन आग्रह गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालयका पांच जना सदस्यहरुको अनौपचारिक बैठकमा अध्यक्ष प्रचण्डले आफूले २७ गते बैठक बस्न सहमतिका लागि आग्रह गरे पनि प्रधानमन्त्री ओलीले स्वीकार नगरेको बताए । प्रवक्ता श्रेष्ठका अनुसार आज अध्यक्ष ओलीको उपत्यका बाहिर जाने कार्यक्रम भएकाले २७ गते बैठक बस्न आग्रह गरिएको हो । प्रचण्डको प्रस्तावमा ओलीले भने अहिलेसम्म सहमति नजनाएको उनले बताए ।

प्रवक्ता श्रेष्ठले सहमतिमा बैठक बसौ भनेर अनुरोध गर्नु कमजोरी नभएर पार्टी एकताको रक्षा गर्न र पार्टीका निर्णयहरु कार्यान्वयन गर्ने प्रयत्न भएको बताए । २७ गते पनि ओलीले बैठक सञ्चालनका लागि सहमति नदिए के गर्ने भन्ने पत्रकारहरुको जिज्ञाशामा प्रवक्ता श्रेष्ठले पार्टी अहिले संकटको परिस्थितिमा रहेकाले एकताप्रति सबै संवेदनशील रहेको बताए । यसअघि गत शुक्रबार सचिवालयका ५ जना सदस्यहरुले बैठक बोलाउन आग्रह गर्दै ओलीलाई लिखित प्रस्ताव गरेका थिए । तर उनले बैठक राख्ने विषयमा सहमति जनाए

हिजोको अनौपचारिक बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए । प्रचण्डले ओलीलाई भेट्नु अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी समिति सदस्य शकर पोखरेलले खुमलटार पुगेर प्रचण्डसंग भेटवार्ता गरेका थिए । भेटमा पोखरेलले प्रधानमन्त्री ओलीसंग संवाद कायम गर्न अध्यक्ष प्रचण्डलाई आग्रह गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board