मिस नेपाल-२०२० मा २१ प्रतिस्पर्धीको प्रतिस्पर्धा हुने
काठमाडौँ, २५ कात्तिक । यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो ।
हिडन ट्रेजरद्धारा आयोजना गरेको २६ औं मिस नेपालमा सहभागी प्रतियोगी नम्वर छनौट गर्दै । नयाँ मिस नेपाल आगामी मङ्सिर २० गते छनौट हुने छ । यस वर्ष २० जना प्रतियोगीहरु छनौटमा परेका छन् । तस्वीर – प्रदीपराज रासस
प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।
हिडन ट्रेजरद्धारा आयोजना गरेको २६ औं मिस नेपालमा सहभागी प्रतियोगी । नयाँ मिस नेपाल आगामी मङ्सिर २० गते छनौट गरिनेछ । यस वर्ष २० जना प्रतियोगी छनौटमा परेका छन् । तस्वीर : रासस
प्रतिक्रिया