नेकपा विवाद: प्रधानमन्त्रीकै सहमतिमा बैठक बोलाउने बातावरण बनाउन प्रचण्डसँग पोखरेलको आग्रह

काठमाडौं, २५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का यी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार गएका छन् । मंगलबार विहान खुमलटार पुुगेका पोखरेलले प्रधानमन्त्री ओलीसँग सहमति गरेर बैठक बोलाउने बातावरण बनाउन प्रचण्डसँग आग्रह गरेको स्रोतको भनाई छ ।

प्रधानमन्त्री ओलीले पहिले दुई अध्यक्षबीच सहमति जुटाएर एजेण्डा तय नगरी बैठक आवश्यक नरहेको धारणा राख्दै आएका छन् । अध्यक्ष प्रचण्डले भने नेकपाभित्र देखिएको समस्याबारे सचिवालय समितिमै छलफल गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रचण्ड सहित सचिवालयका पाँच नेताले तत्काल सचिवालय बैठक बोलाउन सहमति दिन भन्दै कात्तिक २२ मा दुई पन्ने लिखित पत्र बुझाएका छन् । तर, प्रधानमन्त्री ओलीले भने विधान बमोजिम बैठक बोलाउने सन्देश महासचिव विष्णुप्रसाद पौडेल मार्फत सोमबार प्रचण्डलाई पठाएका थिए । प्रधानमन्त्रीको सन्देश लिएर महासचिव पौडेल खुमलटार पुगेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति