जाडोमा स्वस्थ रहन के खाने ? यस्ता छन् जान्नैपर्ने कुराहरु

काठमाडौं २५ कात्तिक । जाडो मौसममा रुघाखोकी तथा चिसोको समस्या हुन्छ । यस्तो बेलामा सन्तुलित आहार, व्यायाम, पर्याप्त निद्रा तथा तनाव कम भएन भने रोगप्रतिरोधी क्षमता कम घट्दछ र चिसो मौसममा हुने संक्रमणको जोखिम बढि हुन्छ । हामीले खाने केही सामान्य खानेकुराहरु यस्ता हुन्छन् जसले चिसो तथा रुघाखोकीबाट बचाउँछन् । ती सुपरफुडहरु निम्न छन्–

१. गाजर– क्यारोटमा बेटा क्यारोटिन तत्व पर्याप्त मात्रामा पाइन्छ । यसमा भिटामिन ए पनि पर्याप्त मात्रामा पाइन्छ । गाजरको नियमित सेवनले चिसोमा हुने विभिन्न खाले संक्रमणबाट बचाउन सहयोग गर्छ ।

२. ग्रिन टी– ग्रिन टी लाई शक्तिशाली एन्टीअक्सिडेन्ट भनिन्छ । यसमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्व पाइन्छ । दिनमा ३ कम ग्रिन टी पिउनाले रोग प्रतिरोधी क्षमता बढाउँछ र जाडो याममा हुने विभिन्न संक्रमणको जोखिम पनि घटाउँछ ।

३. च्याउ– च्याउमा पनि विभिन्न खाले पोषक तत्वका साथै औषधीय तत्व पाइन्छन् । यसलाई रोगप्रतिरोधी क्षमताको प्रवर्द्धक मानिन्छ । चिसोमा हुने भाइरसजन्य संक्रमणबाट जोगिन नियमित रुपमा च्याउको सुप खानु आवश्यक हुन्छ ।

४. लसुन– लसुनलाई आयुर्वेदमा पनि अचूक औषधिको रुपमा लिइन्छ र चिसो र ज्वरोको घरेलु उपचारमा समेत यसको प्रयोग हुँदै आएको छ । कलेजोलाई विषरहीत बनाउने तथा सरीरमा रोग प्रतिरोधी क्षमता बढाउने इन्जाइमको मात्रा बढाउनका लागि लसुनले सहयोग पूराउने विभिन्न अनुसन्धानले देखाएका छन् ।

५. मह– जाडो मौसममा हुने रुघाखोकी तथा ज्वरोको सबैभन्दा सजिलो तथा भरपर्दो घरेलु औषधिको रुपमा महको सेवन गर्ने गरिन्छ । महमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी गुण पाइन्छ । महलाई दुधमा मिलाएर पिउँदा चिसो तथा संक्रमणबाट बच्न सकिन्छ ।

६. अदुवा– सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा जाडो समयमा शरीरलाई तातो बनाइराख्न अत्यन्तै गुणकारी मानिन्छ । बहुऔषधिको गुण भएको अदुवाले शरीर दुखाइदेखि लिएर स्त्री रोगका विभिन्न समस्या समाधान गर्न मद्दत गर्छ । जाडो सुरु भएपछि तरकारीमा अदुवा राखेर खाने गर्नाले राम्रो फाइदा गर्दछ । जाडोमा त्यसै काँचो अदुवा बिहान र बेलुका सेवन गर्नुपर्छ ।

७. आलस– आलसलाई भुटेर पाउडर बनाउने र बिहान दूध वा पानीसँग तीनचार चम्चा खाने । खानामा पनि आलसलाई अचारका रूपमा प्रयोग गर्ने। बेलुका पनि दूध वा पानीसँग आलस खाने । आलसमा ‘ओमेगा थ्री फ्याट्टी एसिड’ हुन्छ, जसले शरीरलाई तातो बनाइ राख्छ ।

८. बेसार– बेसारले पनि शरीरलाई तातो बनाउन सहयोग पुर्‍याउँछ । जसले गर्दा जाडो समयमा अन्य अवस्थामा भन्दा बढी बेसार खान सकिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board