फाल्गुनन्दको उपदेश पालन गरे राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ: राष्ट्रपति भण्डारी

काठमाडौं, २५ कात्तिक । आज महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती मनाइदैछ ।किरांत धर्मावलम्बीका गुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पांचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापा लगायत पूर्वी पहाडी जिल्लामा विभिन्न कार्यक्रम गरी हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिएको छ ।

सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई समाज सुधार र व्यवहारिक आर्थिक नीति नियम बनाउने कुशल अर्थविद्का रूपमा समेत लिने गरिन्छ । यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गरिन् ।

राष्ट्रपतिले किरांत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने उनको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास समेत व्यक्त गरकी हुन् । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको १३६ औं जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका हृन् । उनले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा फाल्गुनन्दको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board