विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड १२ लाख ४३ हजार नाघ्यो

काठमाडौँ, २५ कात्तिक । विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ३९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ८२ हजार ११४ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १ करोड ३९ लाख २१ हजार ३२० पुगेको छ । उपचार गराइरहेकामध्ये ९३ हजार ७२७ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ । कुल संक्रमितको संख्या भने ५ करोड १२ लाख ४३ हजार ४१९ पुगेको छ । यसमध्ये युरोपमा मात्रै १ करोड २३ लाख ८९ हजार ४८१ जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७७० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ६९ हजार ३७० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ४५४ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर निको हुनेको संख्या ३ करोड ६० लाख ५२ हजार ७९४ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति