पार्टी एकतालाई जोगाउन ओलीको सहमतिमै अघि बढ्ने प्रयासमा प्रचण्ड

काठमाडौं, २४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र यतिबेला विवाद उत्सकर्षमा पुगेको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सहमतिबिना कुनै पनि बैठक राखे पार्टी विभाजनको घोषणा हुने भन्दै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी नै दिईसकेका छन् ।

केन्द्रीय कमिटी र गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको म्यान्डेटअनुरूप प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतले बैठक बोलाउन सक्ने अधिकार भएता पनि प्रचण्ड भने पार्टी एकतालाई जोगाउन ओलीको सहमतिमै अघि बढ्न चाहिरहेको एक नेताको भनाई छ ।

नेकपाका दुई अध्यक्षबीच विवाद बढिरहेका बेला प्रधानमन्त्रीको सन्देश लिएर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । प्रचण्डनिवास खुमलटारमा भएको भेटमा महासचिव पौडेलले पार्टी विधानअनुसार सचिवालय बैठक बोलाउने जानकारी गराएको स्रोतको भनाई छ ।

एक नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्म पनि बैठक नबोलाए प्रचण्डले नै सचिवालय बैठक बोलाउने तयारी प्रचण्ड-नेपाल पक्षले गरेका छन्। उक्त सचिवालय बैठकले स्थायी समिति बैठक डाक्ने निर्णय गर्नेछ।

कात्तिक २२ गते सचिवालय बैठकको माग राखी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले लिखित पत्र बुझाएका थिए। नेताको उक्त आग्रह र अल्टिमेटमलाई अध्यक्ष ओलीले भने वेवास्ता गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति