पार्टी फुटको संघारमा रहेको भन्दै ओलीले नेपाल पक्षसँग मागे सहयोग

काठमाडौं, २३ कात्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटको संघरामा रहेको बताएका छन् । उनले पार्टी संकटमा रहेकोले जोगाउन वरिष्ठ नेता माधवकुमार नेपालसँग आग्रहसमेत गरेका छन्।

ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न पूर्वप्रधानमन्त्री तथा पार्टी वरिष्ठ नेता माधव कुमार नेपालसँग आईतबार बालुवाटमार छलफल गर्नेक्रममा सहयोग मागेका हुन् । पार्टी अहिलेसम्मकै दयनीय अवस्थामा पुगेको भन्दै यस्तो अवस्था केही न केही गर्नुपर्ने नेपालपक्षका नेतासँग प्रधानमन्त्री ओलीले सहयोग मागेको एक नेताले बताए ।

तस्विर फाईल ।

एक नेताका अनुुसार आइतबार बालुवाटारमा वरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग छलफल गरेका प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको संकट हल गर्न नेपालसँग सहयोग मागेका हुन्।

उक्त भेटमा बरिष्ठ नेता नेपालले पार्टी जोगाउनका लागि प्रधानमन्त्रीका तर्फबाट प्रस्ताव के छन् राख्न आग्रह गरेका थिए। तीनतीन घण्टा भएको छलफलमा अधिकांश समय प्रधानमन्त्री ओलीले मात्रै बोलेका थिए। ‘ठोस कुरा केही पनि भएन। हामीले पार्टी अफ्ठ्यारो अवस्थामा छ। पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्यौं। उहाँले पनि हो एकताबद्ध बनाएर लैजानुपर्छ भन्नुभयो।’ बैठकमा सहभागी एक नेताले भने ।

आइतबार दिउँसो भएको भेटवार्तामा पार्टीभित्र देखिएको विवादबारे नै केन्द्रीत रहेर कुराकानी भएको नेता भीम रावलको भनाई छ । पार्टीभित्र देखिएको समस्याका सम्बन्धमा सामान्य विचार आदान प्रदान मात्रै नेता रावलले बताए । यसअघि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग असोज ४ गते र ११ गते वान टु वान भेट गरेका थिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद बढेसँगै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग सहकार्यको प्रयास गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति