सुडानमा खटिएको नेपाली शान्ति सेनाको टोली परिवर्तन

काठमाडौं २३ कात्तिक । दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सेनाको टोली परिवर्तन भएको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत दक्षिण सुडानमा खटिएको नेपाली सेनाको टोली परिवर्तन गरिएको हो ।

हाल दक्षिण सुडानमा खटिएको तारादल गण छैटौं डफ्फाको टोलीलाई बदली गर्नका लागि गोरख बहादुर गण सातौं डफ्फाको टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । प्रमुख सेनानी सुशील प्याकुरेलले २१३ जनाको सो टोलीको नेतृत्व गरेको छ ।

गोरख बहादुर गण शान्ति सेना सातौं डफ्फाका सदस्य ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार यो टोली पुगेपछि दक्षिण सुडानबाट सेनानी दीपक अर्यालको कमाण्डमा रहेको २११ जनाको टोली यही कात्तिक २४ गते बिहान नेपाल आइपुग्नेछ । कोरोनाका कारण शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता पालना गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति