धुम्बराहीमा नेकपा सचिवालयको अनौपचारिक बैठक, को-को भए सहभागी ?

काठमाडौं, २१ कात्तिक । धुम्बराहीमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका छन् ।

तस्विर फाईल ।

बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने उपस्थित छैनन् । पार्टीभित्र उत्पन्न संकट समाधानका लागि अध्यक्ष प्रचण्डले अरू नेतासँग छलफल गर्न बैठक बोलाएका हुन् ।

पार्टीको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्डले बोलाएको बैठकमा सचिवालयका ९ जना सदस्यमध्ये ५ जना उपस्थित भएका छन् । बैठक केही बेरअघि सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली सहित उनी पक्षीय नेता भने बैठकमा उपस्थित भएका छैनन्।

बिहीबार प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री ओलीले अहिले बैठक बोलाउन जरूरी नरहेको प्रतिक्रिया दिएका थिए। प्रचण्डले आज सचिवालयका नेताहरूसँग पार्टी कार्यालयमा छलफल गर्दैछन् । पार्टीभित्रको पछिल्लो संकट निवारणका सन्दर्भमा गाँठो फुकाउने उपायको खोजीका लागि प्रचण्डले अरू नेतासँग छलफल गर्न लागेको एक नेताले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति