ट्रम्प भने- ‘वैधानिक भोटमात्र गने म सजिलै जित्छु’

काठमाडौं, २१ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले जित्ने दाबी गरेका छन् । उनले वैधानिक भोटमात्र गने आफूले जित्ने दाबी गरेका हुन् । ६ राज्यमा मतगणना जारी रहेका बेला शुक्रबार ट्विट गर्दै ट्रम्पले ती राज्यहरूमा अवैधानिक मत खसालिएको दाबी गरेका हुन् ।

‘वैधानिक भोटमात्र गने म सजिलै जित्छु’ । ट्रम्पले भने, ‘कुनै पनि रूप र ढंगबाट पर्यवेक्षकहरूलाई उनीहरूको काम गर्न अनुमति नदिइएको बेलामा खसेका मतलाई अवैधानिक मान्नुपर्छ। र अमेरिकी सर्वोच्च अदालतले निर्णय गर्नुपर्छ,’ । डेमोक्र्याटहरूले राष्ट्रपति जित्नमात्र होइन सिनेटमा बहुमत पुर्‍याउन पनि विभिन्न उपाय लगाइरहेको ट्रम्पले आरोप लगाईरहेका छन् । यसअघि ट्रम्पले चुनावमा धाँधली भएको भन्दै विभिन्न राज्यमा मुद्दा हालेका थिए।

अहिलेसम्म उनका प्रतिष्पर्धी डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले २५३ इलेक्टोरल कलेज मत पाएका छन् भने ट्रम्पले २१४ इलेक्टोरल कलेज मत ल्याएका छन्। अब पेन्सलभेनिया (२०), नर्थ क्यारोलाइना (१५), जर्जिया (१६), एरिजोना (११), नेभडा (६) र आलस्का (३) को अन्तिम परिणाम आउन बाँकी छ। 

यी राज्यहरूमध्ये नेभडा र एरिजोनामा बाइडेनको अग्रता छ भने बाँकी चारमा ट्रम्प अगाडि छन्। बाँकी रहेकामध्ये ठूलो राज्य पेन्सलभेनियामा ट्रम्प केही हजार मतले मात्र अगाडि छन् भने जर्जियामा पनि उनको मतान्तर निकै झिनो छ।  अमेरिकामा कसले राष्ट्रपति जित्छ भन्ने टुंगो लाग्न अझै केही घन्टा कुर्नुपर्ने देखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति