काठमाडौं, २१ कात्तिक । पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महाराकी पत्नी सीताको निधनप्रति चिनियाँ कम्युनिष्ट पार्टीले गहिरो दुःख व्यक्त गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागद्वारा सांसद महरालाई पठाइएको पत्रमा भनिएको छ, “यहाँको श्रीमतीको असामयिक निधनको खबरले स्तब्ध बनाएको छ, हामी यहाँप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ”, “यहाँमा पुग्न गएको क्षतिप्रति अत्यन्त दुःखित भएको छौँ, स्व सीताप्रति श्रञ्द्धाञ्जलि व्यक्त गर्दछौँ ।”

प्रतिक्रिया