बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता सुरु

काठमाडौं, २० कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ ।

प्रचण्डले प्रधाानमन्त्री ओलीसँग बुधबार भेट गर्ने भनिएपनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज भेट्न पुगेका छन् । प्रधानमन्त्री ओलीसँग असन्तुष्ट बनेका प्रचण्ड र ओलीबीच पछिल्लो समय दूरी बढिरहेको छ ।

कर्णाली प्रदेश प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, पर्सा घटना, रअ प्रमुखसँगको भेटपछि नेकपाभित्र विवाद बल्झिएको हो । यो घेट दुई अध्यक्षबीच पाँच दिनपछि भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति