भारतीय सेना प्रमुखले रोपे ओखरको बिरुवा

काठमाडौं, २० कात्तिक । नेपाली सेनाको मुख्यालयमा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले ओखरको विरुवा रोपेका छन्। जंगी अड्डा हाताभित्र बिहीबार बिहान उनले ओखरको विरुवा रोपेको हो ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडलेका अनुसार त्यसअघि उनले सैनिक मञ्चको वीर स्मारिकामा पुष्पगुच्छा अर्पण गर्दैै वीर सहिदहरुप्रति सम्मान अर्पण गरेका थिए। त्यसपछि सैनिक मुख्यालय पुगेका उनलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको हो ।

नरवणे जंगी अड्डा हाताभित्र ओखरको बिरुवा रोप्दै । तस्बिर : नेपाली सेना


नरवणेले जंगी अड्डा निरीक्षण गरेका छन्। अहिले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता भइरहेको छ। त्यसपछि उनले सेनाका उच्च अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि नेपाली सेनालाई सहयोग स्वरुप चार वटा एम्बुलेन्स र स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन्। दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रम छ।त्यसलगतै शीतल निवासमै राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटघाट गर्ने बताईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति