स्वेता खड्काले बिहे गर्न लागेकै होत ? के भन्छिन् स्वेता

काठमाडौं २० कात्तिक । अभिनेत्री स्वेता खड्काले बिहे गर्न लागेको खबरले यतिबेला फिल्मी जगत निकै तातेको छ । केही दिनयता स्वेताको बिहेबारे खबर गसिपका रूपमा चर्चामा आएको हो । अहिले यो विषयले थप प्राथमिकता पाउँदै गएको छ ।

यस विषयले चलचित्र उद्योग तरंगित बनेको छ । दशैंको टीका लगाएका बेला एक युवकसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि स्वेताको बिहेबारे खबर एकाएक भाइरल हुन पुगेको हो ।

दशैंका बेला सार्वजनिक तस्वीर कसको हो ?

प्राप्त उक्त तस्वीर धनगढीका विजयेन्द्र रावतको हो । उनका बुबाको फेसबूक आईडी स्नेहाल्ता रावतको प्रोफाइलमा राखिएको तस्वीरमा देखिएकी महिना विजयेन्द्रकी आमा हुन् ।

उनको तस्वीर स्वेताले २३ अप्रिलमा आमाको मुख हेर्ने दिन आफ्नो फेसबूकमा शेयर गर्दै लेखेकी छिन्, ‘ह्याप्पी मदर्स डे टु माइ डियर मदर्स’ जन्म दिने आमा, स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी आमा र विजयेन्द्रकी आमाको तस्वीर स्वेताले किन आफ्नो सामाजिक सञ्जालमा शेयर गरिन् यसले पनि स्वेता यी युवकसँग प्रेममा छिन् भन्ने संकेत गर्छ ।

’अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते स्वेताको विवाह भएको थियो । बिहेको एक महिना नपुग्दै श्रेष्ठको उपचारका क्रममा साउन २५ गते भारतमा निधन भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board