बार्साको जितमा मेसीको पेनाल्टी गोल

काठमाडौं, २० कात्तिक । गएराति भएको युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणका खेलहरुमा बार्सिलोना, चेल्सी, युभेन्ट्स, बोरुसिया डर्टमण्ड र सेभियाले जित हासिल गरेका छन् । दुई ठूला क्लब म्यानचेष्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन भने पराजित भएका छन् ।

समूह ए अन्तर्गत खेलमा लण्डन क्लब चेल्सीले फ्रेन्च क्लब रेन्सलाई ३–० ले हरायो । चेल्सीका लागि टिमो वेर्नरले २ तथा टोबी अब्राहमले १ गोल गरे । वेर्नरले १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा वेर्नरले पेनाल्टीमार्फत नै गोल गर्दै लण्डन क्लबको अग्रता दोब्बर पारे ।

४०औं मिनेटमा रेन्का डाबर्टले पेनाल्टी एरिया ह्याण्ड गरेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिए भने चेल्सीले पेनाल्टी पायो र त्यसैमा वेर्नरले गोल गरे । १० खेलाडीमा झरेको रेन्सविरुद्ध चेल्सीले दोस्रो हाफमा एक गोल थप्यो । ५०औं मिनेटमा अब्राहमले चेल्सीका लागि तेस्रो गोल गरे । यसै समूहको अर्को खेलमा स्पानिस क्लब सेभियाले क्रासडोनरलाई ३–२ ले हरायो । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै सेभियाले पुनरागमन जित हात पारेको हो ।

कप्तान लियोनल मेसीको पेनाल्टी गोल र जेरार्ड पिकेको गोल मद्दतमा बार्सिलोनाले युक्रेनी क्लब डिनाभो किभलाई २–१ ले पराजित गरेको छ । खेलको पाँचौ मिनेटमै मेसीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

समूह एच अन्तर्गतको खेलमा दुई ठूला क्लब म्यानचेष्टर युनाइटेड र पिएसजी पराजित भएका छन् । युनाइटेड टर्किस क्लब इस्तानबुल बसाकसेयरसँग तथा पिएसजी जर्मन क्लब आरबी लाइपजिगसँग समान २–१ ले पराजित भएका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board