ओबामाले प्राप्त गरेको भन्दा बढी मत बाइडेनलाई

काठमाडौं, २० कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गर्न सफल भएका छन् डेमोक्रेटिक उम्मेदवार जो बाइडेन । उनले सन् २००८ मा बाराक ओबामाले प्राप्त गरेको मतलाई पनि उछिनेका छन् ।

त्यतिबेला ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए । यस पटक जो बाइडेनले ७ करोड २० लाख ९५०।४ प्रतिशत०भन्दा बढी मत प्राप्त गरेका छन् ।

केही राज्यमा मतगणना नसकिएकाले बाइडेनको मत अझ बढ्नेछ । बाइडेनले अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लोकप्रिय मतमा जितेका छन् । बिहीबार बिहानसम्म ट्रम्पले ६ करोड ८५ लाख ४७.९ प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन् । अन्तिम नतिजा आउने बेलासम्म ट्रम्पले पनि ओबामाले प्राप्त गरेको भन्दा बढी मत पाउन सक्ने देखिएको द न्युयोर्क टाइम्सले लेखेको छ ।

लोकप्रिय मत बढी पाउँदैमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कठिन छ भन्ने कुरा सन् २०१६ को चुनावले देखाएको छ । ट्रम्पले भन्दा करिब ३० लाख बढी मत प्राप्त गर्दा पनि हिलारी क्लिन्टन इलोक्टोरल भोटमा पछि पर्दै पराजित भएकी थिइन् । यस पटक अमेरिकी चुनावको इतिहासमै सबैभन्दा बढी मत खसेको पनि बताइएको छ ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति